OLE Nepal Logo No Text

साङ्केतिक भाषा विज्ञ, साङ्केतिक भाषाको सङ्केत कर्ता र साङ्केतिक भाषा दोभाषे

Deadline:

July 18, 2025 (Closed)

Position:

साङ्केतिक भाषा विज्ञ, साङ्केतिक भाषाको सङ्केत कर्ता र साङ्केतिक भाषा दोभाषे

Posted Date:

July 11, 2025

आवेदन माग

खुला पद सङ्ख्या: ३

खुला पद: १) साङ्केतिक भाषा विज्ञ , २) साङ्केतिक भाषाको सङ्केत कर्ता, ३) साङ्केतिक भाषा दोभाषे

संस्थाको नाम, ठेगाना: साझा शिक्षा ई-पाटी नेपाल, सानेपा, ललितपुर

कार्यालय समय: सोमबार-शुक्रबार, ९:००-५:३०

अपेक्षित सुरुवात मिति: साउन १९, २०८२ (August 4, 2025)

करारको प्रकृति: पूर्णकालिन (५ महिनाको सेवा अवधि)

दरखास्त आव्हान मिति: असार २७, २०८२ (July 11, 2025)

दरखास्त दिन सक्‍ने अन्तिम मिति: साउन २, २०८२ (July 18, 2025)

काम गर्ने ठाउँः साझा शिक्षा ई-पाटी नेपालको कार्यालय, सानेपा, ललितपुर

संस्थाको परिचय:

साझा शिक्षा ई-पाटी नेपाल शिक्षा क्षेत्रमा काम गर्ने गैह्र सरकारी संस्था हो। यसले शिक्षामा प्रविधिको प्रयोगमार्फत् विद्यालयको शिक्षण प्रक्रियामा सुधार ल्याउन विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक सामग्रीमा समान पहुँच प्रदान गर्ने उद्देश्य राखेको छ। साझा शिक्षा ई-पाटी नेपालले निःशुल्क शैक्षिक सामग्री विकास तथा वितरण गर्नुका साथै शिक्षामा प्रविधि एकीकृत गर्न शिक्षकहरूलाई क्षमता अभिवृद्धि तालिम समेत दिन्छ। यस परियोजनापूर्व हामीले विकास गरेका केही पठनीय सामग्रीहरू साझा शिक्षा ई-पाटी नेपालको ई-पुस्तकालय भित्र तलका लिङ्कहरूमा पाउन सकिन्छ:

परियोजनाको बारेमा:

सानेपामा अवस्थित साझा शिक्षा ई-पाटी नेपालले जर्मनी स्थित हिमालयन परिवारसँगको सहकार्यमा "नेपालमा पहुँच योग्य शिक्षामा सशक्तिकरण कार्यक्रम" मार्फत् श्रवण अपाङ्गता भएका बालबालिकाहरूका लागि शिक्षामा रहेको असमानतालाई कम गर्ने उद्देश्यले यो परियोजनाको सुरूआत भएको हो। यस परियोजनाले सांङ्केतिक भाषामा गुणस्तरीय अन्तर्क्रियात्मक शैक्षिक सामग्री विकास गरी वितरण गर्ने छ। यस परियोजनाको सफल कार्यान्वयनका लागि हामीले उपयुक्त कर्मचारी छनोट गर्न राष्ट्रिय बहिरा महासंघ नेपालसँग समझदारी गरेका छौँ। यस परियोजनाको मुख्य काम साङ्केतिक भाषासहितको ई-पाठ विकास गरी विद्यालयसम्म पुर्‍याउने हो।

साङ्केतिक भाषा विज्ञको कार्य जिम्मेवारी:

  • डिजिटल शैक्षिक सामग्रीको पहिलो मस्यौदालाई साङ्केतिक भाषा समावेश गर्नका लागि सहज बनाउने उद्देश्यले समिक्षा गरी आवश्यक रचनात्मक पृष्ठपोषण दिनुपर्ने छ।
  • साङ्केतिक भाषामा निर्माण हुने डिजिटल शैक्षिक सामग्रीको गुणस्तर वृद्दी र व्यवस्थापन गर्न टिमलाई आवश्यकता अनुसार सल्लाह, सुझावका साथै निर्देशन दिनुपर्ने छ।
  • डिजिटल शैक्षिक सामग्री निर्माण भई साङ्केतिक भाषा समावेश गरे पश्‍चात् पुन: समिक्षा गरी पृष्ठपोषण दिनुपर्ने छ।
  • पृष्ठपोषणमा कार्य समापन भएसँगै पुन: ई-पाठको समीक्षा गरी अन्तिम चरणमा पुर्‍याएर अनलाइन प्लेटफर्ममा अद्यावधिक गर्न टिमलाई सहयोग गर्नुपर्ने छ।
  • साङ्केतिक भाषाको गुणस्तर निर्धारण गर्न पहिलो चरणमा निर्माण हुने केही डिजिटल शैक्षिक सामग्रीका लागि साङ्केतिक भाषामा सङ्केत गरी भिडियो रेकर्ड गर्नुपर्ने छ। सम्भव भए थप भिडियोमा सङ्केत गर्न सकिने छ।
  • आफू मातहतका कर्मचारी (सङ्केत कर्ता र दोभाषे) को कार्य मूल्याङ्कन गरी आवश्यकता अनुसार कार्यक्रम प्रबन्धक समक्ष अद्यावधिक प्रस्तुत गर्नुपर्ने छ।
  • कार्यक्रम प्रबन्धकलाई आफूले गरेको कार्यको नियमित अद्यावधिक गर्नुपर्ने छ।
  • ई-पाठ परीक्षण (testing) तथा सपोर्ट (support) को लागि आवश्यकता अनुसार विद्यालय भ्रमण गर्नुपर्ने हुन सक्छ।

योग्यता:

  • नेपालले मान्यता प्रदान गरेको शैक्षिक संस्थानबाट कम्तिमा स्‍नातक गरेको हुनुपर्ने छ।
  • मान्यता प्राप्त संस्थाबाट साङ्केतिक भाषाको तालिम लिएको हुनुपर्ने छ।
  • दुई वर्षभन्दा बढी साङ्केतिक भाषा प्रयोग हुने गरी शिक्षण पेसामा अनुभवी वा नेपाली साङ्केतिक भाषा विज्ञको रुपमा काम गरेको हुनुपर्ने छ।
  • प्रतिस्पर्धी अनिवार्य रुपमा बहिरा नै हुनुपर्ने छ।

साङ्केतिक भाषाको सङ्केत कर्ताको कार्य जिम्मेवारी:

  • डिजिटल शैक्षिक सामग्रीको समिक्षा गरेर राष्ट्रिय बहिरा संघ नेपालले तयार पारेको शब्दकोषमा आधारित भएर साङ्केतिक भाषाको सङ्केतको भिडियो रेकर्ड गर्नुपर्ने छ।
  • सुपरभाइजर र टिमले गरेको समिक्षाका आधारमा दिइएका पृष्ठपोषण अनुसार सङ्केतमा सुधार गरी पुन: भिडियो रेकर्ड गर्नुपर्ने हुन्छ।
  • दुई वर्षभन्दा बढी साङ्केतिक भाषा प्रयोग हुने गरी शिक्षण पेसा वा साङ्केतिक भाषाको क्षेत्रमा अनुभव भएको हुनुपर्ने छ।
  • साङ्केतिक भाषा विज्ञ र कार्यक्रम प्रबन्धकलाई आफूले गरेको कार्यको नियमित अद्यावधिक गर्नुपर्ने छ।
  • ई-पाठ परीक्षण (testing) तथा सपोर्ट (support) को लागि आवश्यकता अनुसार विद्यालय भ्रमण गर्नुपर्ने हुन सक्छ।

योग्यता:

  • नेपालले मान्यता प्रदान गरेको शैक्षिक संस्थानबाट कम्तिमा प्रविणता प्रमाणपत्र तह (10+2) पुरा गरेको हुनुपर्ने छ।
  • मान्यता प्राप्त संस्थाबाट साङ्केतिक भाषाको तालिम लिएको हुनुपर्ने छ।
  • प्रतिस्पर्धी अनिवार्य रुपमा बहिरा नै हुनुपर्ने छ।

साङ्केतिक भाषा दोभाषेको कार्य जिम्मेवारी:

  • बहिरा कर्मचारीसँग समन्वय सहज बनाउनका लागि दोभाषेको भूमिका निर्वाह गर्नुपर्ने छ।
  • आवश्यकता अनुसार डिजिटल शैक्षिक सामग्रीको समिक्षा गरेर राष्ट्रिय बहिरा महासंघ नेपालको शब्दकोषमा आधारित भएर साङ्केतिक भाषाको सङ्केतको भिडियो रेकर्डका लागि सहयोग गर्नुपर्ने छ।
  • सुपरभाइजर र टिमले गरेको समिक्षाका आधारमा दिइएका पृष्ठपोषण अनुसार सङ्केतमा सुधार गरी दोभाषेको भूमिका निर्वाह गर्नुपर्छ।
  • कार्यक्रम प्रबन्धक र साङ्केतिक भाषा विज्ञलाई आफूले गरेको कार्यको नियमित अद्यावधिक गर्नुपर्ने छ।
  • ई-पाठ परीक्षण (testing) तथा सपोर्ट (support) को लागि आवश्यकता अनुसार विद्यालय भ्रमण गर्नुपर्ने हुन सक्छ।

योग्यता:

  • नेपालले मान्यता प्रदान गरेको शैक्षिक संस्थानबाट कम्तिमा प्रविणता प्रमाणपत्र तह (10+2) पुरा गरेको हुनुपर्ने छ।
  • मान्यता प्राप्त संस्थाबाट कम्तिमा ३ महिनाको साङ्केतिक भाषाको तालिम लिएको हुनुपर्ने छ।
  • दुई वर्षभन्दा बढी साङ्केतिक भाषा प्रयोग गरी दोभाषेको रुपमा काम गरेको अनुभव भएको हुनुपर्ने छ।
  • अडियो/भिडियो सामग्रीलाई सच्याउने (video editing) सीप हुने प्रतिस्पर्धीलाई प्राथमिकता दिइने छ।

आवेदन दिन चाहिने कागजातहरू:

  • आवेदन पत्र (Cover letter)
  • व्यक्‍तिगत विवरणपत्र (Curriculum Vitae)

छनौट प्रक्रियामा सहभागी हुनका लागि आवश्यक प्रमाणपत्रहरू:

  • नेपाली नागरिकताको प्रमाणपत्र
  • शैक्षिक योग्यताको प्रमाणपत्र
  • साङ्केतिक भाषा तालिमको प्रमाणपत्र
  • काम गरेको अनुभव खुल्ने पत्र
  • साङ्केतिक भाषा विज्ञ र साङ्केतिक भाषाको सङ्केत कर्ताको हकमा सुनाइसम्बन्धी अपाङ्गता परिचय पत्र

राष्ट्रिय बहिरा महासंघ नेपालको सिफारिसका आधारमा विज्ञापनमा उल्लेख गरिएका सबै पदहरू पूर्ति गरिने छ। यी पदमा आवेदन दिन इच्छुक आवेदकहरूले info@olenepal.org वा साझा शिक्षा ई-पाटी नेपालको कार्यालय वा राष्ट्रिय बहिरा महासंघ नेपालको कार्यालयमा समेत आवेदन पेश गर्न सकिने छ। कुनै जानकारी वा सोधपुछका लागि (+९७७) ०१-५४४४४४१ वा ०१-५४२००७५ मा सम्पर्क गर्न सकिने छ।

Apply Now >>


For more details:

All Opportunities

HEAR FROM OUR TEAM

View All